राष्ट्रपति पौडेलद्धारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन । राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन । लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपतिको कार्यालयले पौडेलले आज लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ अध्यादेश जारी गरेका जानकारी दिएको छ ।  पौडेलले नेपालको संविधान बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि वैशाख १० गते सरकारले लगानी सम्मेलनको पूर्व संध्यामा ९ वटा ऐन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो । सरकारले भूमि सम्बन्धी ऐन,  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,  विदुयुतीय इलेक्ट्रोनिक कारोबार ऐन, विशेष आर्थिक क्षेत्र ऐन; सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन संसोधन गर्न अध्यादेश ल्याएको हो । त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन; वन ऐन; औद्योगिक व्यसाय ऐन अध्यादेशमार्फत संशोधन गरेको हो ।सरकारले ९ वटा कानुन र ३ वटा नियमावली र विनियमावली गरी १२ वटा कानुनी व्यवस्था संशोधन गरेको हो । 

प्रतिक्रिया