जापानकी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउँदै

जापानकी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउन लागेकी छिन् । जापानी विदेश मन्त्रालयले आगामी मे पाँच तारिख अर्थात् वैशाख २३ नेपाल भ्रमण गर्ने नेपालस्थित जापानी दूतावासले जानकारी दिएको हो । परराष्ट्रमन्त्री खामिखावा श्रीलंका हुँदै नेपाल आउन लागेकी हुन । काठमाडौं रहँदा उनले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । सन् २००० मा तत्कालनी जापानी प्रधानमन्त्री योसिरो मोरीको भ्रमण पछि यो दोस्रो उच्चस्तरीय भ्रमण हो ।।
 

प्रतिक्रिया