गर्मी बढेसँगै धरानमा खानेपानीको चरम अभाव

सर्वसाधारण खानेपानी अभावका कारण काकाकुलको जीवन विताउनुपरेपछि धरानमा सुनसरी उद्योग वाणिज्य संघले अनुगमन गरेको छ । अनुगमनका क्रममा पानी अभाव हुनुको कारणमध्ये चुहाहट समेत रहेको पाइएको छ । धरान खानेपानी बोर्डको सदस्य समेत रहेको संघले पानीको अभाव हुनुमा पम्प विग्रिनु र चुहाहट नियन्त्रण गर्न नसक्नु रहेको देखिएको जनाएको छ । 
पानीको अभावले सबै वडाका धरानेहरुको जीवनयापनपमा एक साता भन्दा लामो समयेखि सकस बनेको छ । धारामा पानी नआउँदा पानीको खोजीमा सर्वसाधारण भौतारिरहेका छन् । 
धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको भएपनि पानीको चरम अभाव छ । पानीको हाहाकार बढेपछि धरान खानेपानी बोर्डले भूमिगत पानीको स्रोतको आपूर्तिलाई बढाउन कोशी प्रदे्श सरकारको सहयोगमा तीनकुने दक्षिणमा डिप बोरिङको काम शुरु गरेको छ । डिप बोरिङका लागि कोशी प्रदेश सरकारले् ४ करोड रुपैया विनियोजन गरेका छ ।

प्रतिक्रिया