उपनिर्वाचन अन्र्तगत इलाम र बझाङ दुबै स्थानमा मतगणना जारी

इलाम दुईमा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

इलाम र बझाङमा शनिवार भएको उपनिर्वाचनको मत गणना आज दिउसोवाट सुरु भएको छ । इलाम–२ को उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार खड्काले ११४५ मत पाएका छन् । एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले २०९ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले ३११ मत पाएका छन् । एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । त्यस्तै  बझाङको प्रदेशसभा उपचुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी ७५७ मतसहित अगाडि रहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३ सय ८० मतसहित पछ्याइरहेका छन् । यस्तै, माओवादी केन्द्रका जनक बुढाले ११५ मत पाएका छन । छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को ४ सय मत गणना भएको छ । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि सो क्षेत्रमा उपचुनाव भएको हो। 

प्रतिक्रिया