सेयर बजारमा दोहोरो अंकले बृद्धि

सेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलब ३३ अंकले बढेर बढ्दै १ हजार ९ सय ८० दशमलब २७ अंकमा कायम भएको हो । आज ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर २ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका छन । सेयर कारोबार धेरै हुनेमा पोखरा फाइनान्स अगाडि छ । सो कम्पनीको १३ करोड ५ लाखको सेयर किनबेच भएको छ । आज पोखरा फाइनान्स कम्पनीको सेयर मूल्य ९.०२ प्रतिशतले बढेको छ भने रिभर्स फल्स पावर लिमिटेडको मूल्य ४.६३ प्रतिशतले घट्न पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ८० वटा कम्पनीको सेयर मूल्य बढेको छ ।  ५५ वटाको मूल्य घटेको छ भने बाँकी ९ वटाको स्थिर रहेको छ ।

प्रतिक्रिया