तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै

तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै छ । पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । ाठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ । तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर,  शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ । रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन् । पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ।रुयसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न रुपठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ । यी प्रसंगलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ । होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ । 
 

प्रतिक्रिया