सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट

काठमाडौं । सप्तरीको महदेवा गाउँपालिका–१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको थियो । चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ । शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको बस्तीमा आगलागी भएपछि पीडितको विचल्ली भएको छ । कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
 

प्रतिक्रिया