ढोलाहिटीमा ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ

फागु पुर्णिमाको राती ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरीले खोटाङ साकेला घर भइ ललितपुरमा होटल डिप्रस्पाइन सञ्चालन गरिरहेका विजय राई र खोटाङ साकेलाकै सुलभ राई,  भोजपुर ट्याम्केमयुङका मुकारुङ राई र काठमाडौँ गोकर्णेश्वर छेङ्वीहाङ राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ परेकामध्ये पाँच जनालाई कर्तव्य ज्यानमा म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको जानकारी दिए । 
घटनामा सग्लन भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । अनुसन्धानको लागि अन्य ८ जना व्यक्तिहरु पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ  । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्रुयाङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।  घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ ।  
 

प्रतिक्रिया