सोमबार पाँच घण्टा दश मिनेट लामो दुलर्भ सूर्य ग्रहण लाग्दै

काठमाडौं । भोली सोमबार दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ । चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको खगोलविद्हरूले बताएका छन । उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको हो । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । ग्रहणको अवधि ५ घण्टा १० मिनेटको हुनेछ ।  सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर २ बजेर ७ मिनेटसम्म लाग्ने खगोलविदको भनाइ छ । सूर्य ग्रहण मीन राशि र रेवती नक्षत्रमा लाग्न गइरहेको खगोलविदहरुको भनाइ छ । ग्रहण मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म लाग्ने छ । नेपाल र एशिबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण नदेखिने खगोलविदको भनाइ छ ।

प्रतिक्रिया