आज देखिने सूर्यग्रहणलाई लिएर विश्वभरका मानिस उत्साहित

काठमाडौं । आज देखिने सूर्यग्रहणलाई लिएर विश्वभरका मानिसहरू उत्साहित रहेका छन । यो शताब्दीमा तीनवटै देश अमेरिका, क्यानडा र मेक्सिकोमा पहिलो पटक पूर्ण सूर्यग्रहण देख्न सक्ने भएकाले यसलाई दुर्लभ मानिएको छ । आज ग्रहण लाग्दा उत्तर अमेरिकाका केही भागमा पूर्ण सूर्यग्रहण देखिने छ । सो क्रममा चार मिनेट नौ सेकेण्डसम्म पूर्ण अँध्यारो हुने बताइएको छ । यो सूर्यग्रहण क्यानडा, उत्तरी अमेरिकादेखि मेक्सिकोसम्म देखिने खगोलविदले बताएका छन । सूर्यग्रहण हेर्न क्यानडाको नियाग्रा फल्स नजिक १० लाखभन्दा बढी मानिस भेला हुने अपेक्षा गरिएको छ । सूर्यग्रहणभन्दा धेरै लामो भएकाले नासाका वैज्ञानिकहरूले यस अवधिमा धेरै प्रयोग गर्ने योजना बनाएका छन् । नासाले सूर्यग्रहणको समयमा वायुमण्डलमा हुने परिवर्तनहरू अध्ययन गर्दैछ । विभिन्न ठाउँबाट हजारौं मानिसले खिचेका तस्बिरलाई आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा जोडेर विश्लेषणको तयारी छ । ३१ लाख मानिसले यो ग्रहण हेर्न सक्ने बताइएको छ । नर्थ क्यारोलिना, अमेरिकाको एनसी स्टेट युनिभर्सिटीले ग्रहणको समयमा वन्यजन्तुमा कस्तो प्रभाव पार्छ भन्ने अध्ययन गर्दैछन । सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको खगोलविद्हरूले बताएका छन । उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको हो । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ ।  ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । ग्रहणको अवधि ५ घण्टा १० मिनेटको हुनेछ ।  नेपाल र एशिबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण नदेखिने खगोलविदको भनाइ छ ।

प्रतिक्रिया