बाग्लुङको ऐतिहासिक चैत्राष्टी मेलाको तयारी अन्तिम चरणमा

बाग्लुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको कालीका गुठीले जनाएको छ । 
मेलाका लागि सबै तयारी अन्तिम चरणमा पु¥याएको आयोजक गुठी व्यवस्थापन समितिले खर्च व्यवस्थापन भने कठिन भएको बताएको छ । मेलामा ५५ लाख रुपैयाँखर्च हुने समितिको अनुमान रहेको छ । मेला हेर्नकै लागि टिकटको व्यवस्था नभएको र सरोकारवालाको सहयोग नपाउँदा आर्थिक व्यवस्थापन कठिन भएको हो । मेलामा पुरुष भलिवल, दोहोरी छेलो, बिद्यालय स्तरीय नृत्य, कालिका मन्दिर परिषरदेखि शालिग्राम संग्राहलयसम्म दौड लगायतका प्रतियोगिता आयोजना हुँदैछन । मेलामा ५ लाख धार्मिक तथा आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया