अशक्त र गरिब बिरामीलाई उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान

काठमाडौं महानगरपालिकाका प्रमुख बालन्द्र शाहले देशभरका अशक्त र गरिब बिरामी नागरिकलाई उपचारका लागि काठमाडौं आउन आह्वान गरेका छन् । महानगर प्रमुख बालेन्द्रले आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै जुनसुकै पालिकाको भए पनि असक्त र गरिब नागरिब बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर उपचारका लागि काठमाडौं आउन आह्वान गरेका हुन् । उनले उपत्यकाका ४३ अस्पतालका ३ सय २३ बेड आवद्ध रहेको र त्यहा बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुने जानकारी दिएका हुन । प्रमुख साहले उपचार नपाएका कोही नागरिक टोल, छिमेकतर्फ भए खबर गरिदिनसमेत आग्रह गरेका छन् । महानगरपालिकाले तय गरेका अस्पतालमा उपचारका लागि आउँदा नेपाल सरकार र प्रदेश सरकारर स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातसहित परिचय पत्र ल्याउनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया