गाजामा युद्धविरामका लागि अन्र्तराष्ट्रिय पहल तिब्र

इजरायलको काउन्टर प्रस्तावको हमास इजिप्टसँग छलफलमा

गाजामा इजरायल र हमास युद्धविरामका लागि पुन प्रयास सुरु भएको छ । हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा आज गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन । खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल आजइजिप्ट पुग्ने बताइएको छ । सो टोलीले   इजिप्टका गुप्तचर अधिकारीहरूसँगको बैठकमा इजराइली प्रस्तावमाथि हमास समूहको प्रतिक्रिया दिने बताइएको छ । स्थायी युद्धविराम, विस्थापित मानिसको स्वतन्त्र फिर्ती, कैदीहरूको आदानप्रदानका लागि स्वीकार्य सम्झौता र गाजा घेराबन्दी अन्त्य सुनिश्चित गर्ने सम्झौतामा पुग्न हमास इच्छुक देखिएको हो ।गाजा क्षेत्रमा लडाइँ जारी रहे पनि मध्यस्थकर्ता इजिप्टले रोकिएको वार्तालाई पुनः शुरु गर्नका लागि यसै साता आफ्नो प्रतिनिधिमण्डललाई इजराइल पठाएको थियो । इजिप्ट, कतार र अमेरिकाले नोभेम्बरमा युद्धलाई एक साताका लागि रोक लगाएर इजराइली जेलमा राखिएका २४० प्यालेस्टिनीको बदलामा ८० इजराइली बन्दीको आदानप्रदान गरेयता नयाँ गाजा युद्धविराम सम्झौताका लागि असफल प्रयास गरिरहेका छन । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतामा पुग्नका लागि हालका दिनमा कूटनीतिक प्रयास तीव्र बनाइएको छ । इजराइलको पछिल्लो प्रस्तावमा बन्धकहरूको रिहाइपछि गाजामा ‘दिगो शान्तिको पुनःस्थापना’ बारे छलफल गर्न इच्छुक रहेको बताएको छ । करिब सात महिनाको युद्धमा पहिलो पटक इजराइली नेताहरूले युद्धको समाप्तिमा चर्चा गर्न उनीहरू खुला रहेको बताएका छन् ।। 
 

प्रतिक्रिया