उपनिर्वाचनको मतगणना जारी: इलाममा सुहाङको अग्रता, बझाङमा एमाले  झिनो मतले अगाडी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा शनिबार खसेको मतको गणना जारी छ । पछिल्लो मत गणना अनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले दश हजार मत कटाएका छन । सुहाङले १० हजार ४ सय १९ मत पाउँदा कांग्रेसका खड्काले ७ हजार ६२ मत पाएका छन् ।  सुहाङ अहिले खड्काभन्दा ३ हजार ३ सय ५७ मतले अगाडि छन् ।  तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७ सय ५३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको १ हजार ४ सय ५१ मत छ ।  उता  बझाङ प्रदेशसभा एकको एकमा पनि मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार बझाङमा एमाले उम्मेदवार दमन बहादुर भण्डारीले ९८८९ मत ल्याएका छन । उनलाई नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८० मतले पछयाइरहेका छन । दुई जनाको मतान्तर नौ मात्रै छ ।  त्यस्तै माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ३ हजार ६ सय ६३ मत पाएका छन् । त्यस्तै चौथो स्थानमा रहेका एकीकृत समाजवादीका २ हजार ४ सय ५ मत पाएका छन् । 
 

प्रतिक्रिया