कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बीच मुख्यमन्त्री यामलाल कँडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा केशर सिंह रानाको उपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल र प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अवधि पाँच वर्ष रहेको छ ।  कार्यक्रममा मुख्यमन्त्री कँडेलले सम्झौता बमोजिमको कार्यहरू अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए । 
विश्वविद्यालयका उपकुलपति रानाले सम्झौता पश्चात् कर्णाली प्रदेशको समग्र नीति तथा अनुसन्धानको क्षेत्रमा अपेक्षित कार्यहरू हुने बताए ।

प्रतिक्रिया