बझाङ प्रदेशसभा–१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन्रु। निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियोरु। यहाँ ११ दलका उम्मेदवार थिएरु। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन ।

प्रतिक्रिया