भोजपुरको मैयुटारमा जीप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका ८ पारकुवा मैयुटारमा बोलेरो दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।  गाउँपालिका केन्द्र बांलाखाबाट उदयपुर जादै गरेको को १ ज २६१७ नम्बरको बोलेर विहान करिव साढे ९ बजे दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको  हो । अन्य घाइतेलाई उद्धार गरेर  थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । बोलेरो जीप सडकबाट करिव दुई सय मिटर तल दूधकोशी निकारमा झरेर दुर्घटना भएको हो । जिपमा पाँच बालबालिकासमित १६ जना सवार रहेका थिए दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया