इलामको उपचुनावमा एमालेका सुहाङको फराकिलो अग्रता

इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाएका छन । उनले पछिल्लो गणनासम्म ४ हजार ९ सय ८६ मतको अग्रता बनाएका हुन । हालसम्म नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गरेका छन । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन ।  तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् । उनले हालसम्म ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ९ सय ४५ मत प्राप्त गरेका छन । इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको तीन बडाको पनि मत गणना सकिएको छ । शनिबार भएको चुनावमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए।  इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ । २०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए । उनको निधनपछि  सो क्षेत्रमा उपचुनाव हुन लागेको हो । 
 

प्रतिक्रिया