ओलीलक्षित माधव नेपालको टिप्पणीः मलाई प्रधानमन्त्री हुन्छ कि भनेर पोल्नेहरुप्रति धिक्कार छ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव  नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी  गरेका छन । पार्टी निकट अखिल नेपाल महिला संघले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको बताएका हुन । अध्यक्ष नेपालले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको दाबी समेत गरे ।  
अध्यक्ष नेपालले ओलीले संविधान सभा विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना पनि गरे ।  पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मुलुकमा गणतन्त्र ल्याउन, शान्ति प्रक्रियालाई अघि बढाउन, जनतालाई न्याय दिलाउन आफुले महत्वपुर्ण भूमिका खेलेको दाबी गरे । उनले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे । 

प्रतिक्रिया