पर्वतको शंकरपोखरीमा बोरिङमार्फत पानी वितरणको तयारी

खानेपानीको चरम अभाव रहेको पर्वतको  फलेवास नगरपालिका–३ शंकरपोखरीमा  बोरीङ मार्फत खानेपानीको आयोजना सञ्चालनमा आउने भएको छ । वडाका तीन स्थानमा  जमीन मुनीको पानी बोरीङ मार्फत निकासी गरेर खानेपानीको  व्यवस्था गर्न लागिएको हो ।  गएको वर्ष  वडा न तीन  विष्टपानीमा  बारीङ मार्फत खानेपानीको सफल भएपछि  चालु वर्षमा  वडाका तीन स्थानमा वोरिङ मार्फत पानी निकालिएको हो । मल्यङदी खोला लिप्ट खानेपानी आयोजनाको  बजेट मार्फत बोरीङ गरेर पानी खुवाउन थालिएको हो । 
चालु वर्षमा  धारापानी , मैदान र आँखेत  गरी तीन स्थानमा बोरीङ मार्फत पानी निकालेर वितरण थालीएको छ । तीन स्थानमा निकासी गरीएको वोरिङ   चरम खानेपानी समस्या भएका शंकर पोखरीका आधा बस्ती समेटिने भएको छ । 
पुर्कोट र लिमिकोट जस्ता पहाडका टाकुरामा वस्ती रहेको  शंकर पोखरीमा विभिन्न वस्तीमा  एक हजार घरधुरी रहेका छन ।  जस मध्ये  ६ सय घरले खानेपानी समस्या झेल्दै आएका छन ।

प्रतिक्रिया