आगलागी र डढेलोबाट नागरिकलाई बचाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकलाई बचाउन सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै आगलागी र डढेलोका घटनाहरूबाट नागरिकको जीउधनको क्षति रोक्न सरकारसँग आग्रह गरेका छन् । आगलागीको घटनामा तत्कालै राहत व्यवस्थापन हुन नसक्दा प्रभावितहरू थप समस्यामा परेको देखिएको आयोगले बताएको छ । सुरक्षाकर्मी तथा स्थानीवासीहरू पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणबिना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको आयोगको निस्कर्ष छ । त्यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरु अत्यन्त न्यून रुपमा भएको र भएका पनि सहरकेन्द्रित देखिएको पनि आयोगले जनाएको छ । आयोगका अनुसार विगत एक वर्षमा आगलागी तथा डढेलोबाट १ सय १४ जना नागरिकको मृत्यु भएको छ । पछिल्लो एक महिनामा मात्र १४ जनाको आगलागी र आठ जनाको डढेलोमा परी मृत्यु भएको आयोगले जनाएको छ ।। 
 

प्रतिक्रिया