नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण छैन: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताएका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन । नेपालमा अनावश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरु इच्छुक रहेको विदेशी लगानीकर्ताहरुले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई छ । 
अध्यक्ष नेपालले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए । राज्यले दिनुपर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्नेकुरा लगानीकर्ताहरुबाट आउने गरेकोतर्फ सरकारलाई उनले ध्यानाकर्षण समेत गराए । अध्यक्ष नेपालले नेपालमा लगानी प्रवद्र्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिए ।
 

प्रतिक्रिया