अमेरिकामा अपराधिक समूहको गोली आक्रमणमा चार प्रहरीको मृत्यु

अमेरिकाको नर्थ क्यारोलिनामा चार जना प्रहरी मारिएका छन । पक्राउ पूर्जी जारी भएका आरोपी पक्राउ गर्ने क्रममा अपराधिक समूहले प्रहरीमाथि गोली प्रहार गर्दा थप चार जना घाईते भएका छन । घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिससम्बद्ध रहेको जनाइएको छ । नर्थ क्यारोलिनाको चार्लोटेस्थित एउटा घरमा पुगेका प्रहरीमाथि घर भित्रबाट गोली प्रहार हो । घटनामा एकजना आक्रमणकारी पनि मारिएको जनाइएको छ । तीन घन्टासम्म गोली प्रहारको घटनापछि प्रहरीले स्थिती नियन्त्रणमा लिएको बताइएको छ । सहरको पूर्वी भागको आवासीय क्षेत्रमा करिब दुई घण्टासम्म गोलि चलेको स्थानीयले बताएका छन ।  गोली प्रहारमा दुई जना सग्लन रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।। 

 

 

प्रतिक्रिया