सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म बाटो खुल्यो

सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर अर्थात ७ हजार ९ सय ५० मिटरसम्म बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको पर्यटन विभागले जनाएको हो । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको भनाइ छ । पर्यटन विभागकाअनुसार यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाईसकेको थियो । सगरमाथा आरोहणका लागि यो सिजन अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ राजस्व जम्मा भएको छ । अहिले पनि विभागबाट धमाधम आरोहीले अनुमति लिइरहेका छन् । धेरै आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन् । 
 

प्रतिक्रिया