संघीय संसद भवन निर्माण कार्य ७९ प्रतिशत सम्पन्न

सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट बैठक आगामी संसद बैठक चलाउने संघीय संसद सचिवालयको चाहना अनिश्चित बनेको हो । समग्रमा संघीय संसद भवन निर्माणको भौतिक प्रगति ७९ प्रतिशत भएको भवन निर्माण आयोजनाले जनाएको छ । 
सघीय संसद सचिवालयले भने सभाकक्षको निर्माण भएर मात्रै पनि बैठक बस्न नसक्ने भन्दै साजसज्जादेखि प्रविधि लगायत सम्पूर्ण प्राविधिक पक्षको निर्माण पूरा हुनुपर्ने जनाएको छ । 
संसद भवन परिसरभित्र १२ वटा भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन् । सिंहदरबारमा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँको लागतमा तीनबर्षभित्र निर्माण सक्ने गरी २०७६ साल असोज १६ गते सम्झौता भएपनि काम सकिएको छैन । हाल भवन निर्माणका लागि पुनः म्याद थपको तयारी भइरहेको छ । 
 

प्रतिक्रिया