आज अन्र्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम साथ मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाइदै छ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ यो दिवस मनाउन लागिएको छ । श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा यो दिवस मनाइन्छ । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले नेपालमा ७७ वर्ष पार गरेको छ ।  तर नेपाली श्रमिमको अवस्था संसारमै दयनीय रहेको छ । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेपनि व्यवहारमा लागू हुन सकेको छैन ।

प्रतिक्रिया