सरकारले आजवाट लागू हुने गरी डिजल र मट्टीतेलको भाउ दुई रुपियाँ घटायो

काठमाडौं । सरकारले डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ । आजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो । भारतीय आयल कर्पोरेसन आइओसीले मूल्यसूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपियाँ र डिजेलमा २ रूपियाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । निगमले डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ । मूल्य बढेसँगै हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर एक सय ३७ र हवाई इन्धन अन्तर्राष्ट्रियको मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउमा भने यथावत राखेको छ ।

प्रतिक्रिया