जापान पठाइदिन्छु भन्दै दुई सय जनालाई ठगी गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखुका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापा गौरादहका पर्वराज पाण्डे भन्ने वर्ष ईश्वरी पाण्डे रहेका छन । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको प्रहरीले जनाएको छ । नक्कली कागाजातका आधारमा बैक खाता खोलेर उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको प्रहरीले जनाएको छ । त्यस्तै  वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया