सर्वोच्चद्धारा गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।  २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । यो मुद्दा तीन पटक हेर्न नभ्याइने, एक पटक बेन्च बस्न नभ्याइनेमा पर्दै आ भने कारण देखाऊ आदेश भएको हो । ०६४ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।  सो घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । २०६३ चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएको घटनाका दोषी अहिलेसम्म कारबाहीको दायरमा आउन सकेका छैनन । पछिल्लो समय राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्नहरुलाई कारवाही गर्नु पर्ने प्रतिवेदन सार्वजनिक गरेपनि दोषीहरुलाई कारवाही हुन सकेको छैन ।। 
 

प्रतिक्रिया