२०२३ को विश्व मानव अधिकार अवस्थाबारे एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले सरकारहरुले द्वन्द्वका क्रममा सर्वसाधारणलाई फाल्तुको वस्तुको रुपमा व्यवहार गरेको औल्याएको छ । 
सरकारहरुले नागरिकको सुरक्षाका लागि गर्नुपर्ने जिम्मेवारीलाई नजरअन्दाज गरेको र द्वन्दरत पक्षहरुले द्वन्द्वको नियम र मानविय कानुनहरुलाई बेवास्ता गर्दै मानव अधिकारको उल्लंघन गरेको पाइएको पनि एम्नेष्टीले जनाएको छ । महिला, बालबालिका, यौनिक अल्पसंख्यकहरुको अधिकार खोसिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सिमान्तकृत समुदाय, महिला, बालबालिका, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट जोखिममा परेका समुदायहरु जलवायु परिवर्तनको प्रभावमा परेका र उनीहरुको मानव अधिकार संरक्षण तथा संवद्र्धन गर्न सरकारहरु विफल भएको एम्नेस्टीले जनाएको छ । एआई प्रविधिका कारण मानव अधिकारमा थप संकट पैदा भएको पनि उसले औल्याएको छ । त्यसैगरी निर्वाचनहरुमा प्रविधिको प्रयोगगरी घृणा, विभाजन र विभेद भड्काउने खतरा रहेको पनि प्रतिवेदनमा जनाइएको छ ।। 

प्रतिक्रिया