नेप्से १९६९ विन्दुमा , साढे २ अर्बको सेयर कारोबार

शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । आज शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अंकले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको हो । आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । माई खोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजारमा आज १ सय १३ कम्पनीका सेयरधनीले कमाएका छन् भने १ सय १७ वटाका लगानीकर्ताले प्रतिसेयर नोक्सानी व्यहोरेका छन् ।  १५ वटा कम्पनीको भने सेयर मूल्य यथावत रहेको छ ।

प्रतिक्रिया