महोत्तरीको मठिहानीमा भीषण आगलागी, सयौं घर जले

महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । तीव्र गतिमा चलेको हावा र चर्को घामले आगलागी नियन्त्रणमा कठिन भइरहेको छ ।
आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिन खटेका छन् ।

प्रतिक्रिया